तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
500
Shares
काठमाडौँ । ६६९ मोगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत भएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको ६६औँ बैठकले यस परियोजनाको अनुमतिपत्रको मस्यौदा स्वीकृत गरेको हो ।
साथै अनुमतिपत्र जारी गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरिएको छ । बैठकले संखुवासभामा निर्माणाधीन अरुण-३ जलविद्युत परियोजनाको मस्यौदा स्वीकृत गरी आवश्यक निर्णयका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
यस्तै बोर्डको कार्यालयमा आह्वान नगरिएको प्रस्तावका रुपमा प्राप्त अटो सर्भिस इको-इन्डष्ट्रियल पार्क परियोजनाको सम्बन्धमा प्रस्तावक कम्पनीसँग समझदारी गर्दै सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिएको छ ।
यसैगरी चालु आ.व. २०८२/८३ का लागि लगानी बोर्डको कार्यालयमा विभिन्न सेवा, समूह तथा श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।