arrow

काठमाडौँ सबै पालिकाको राजधानी बन्न सक्नुमा नगर प्रहरीको योगदान छ : बालेन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
balen-shah-kathmandu.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) ले काठमाडौँ महानगरपालिका सात सय ५३ वटा पालिकाको राजधानी बन्न सक्नुमा नगर प्रहरीको ठूलो योगदान रहेको बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित ३३औँ महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले धेरै पालिकामध्ये काठमाडौँ महानगरपालिकाबाट केही सिक्न चाहिरहेको भन्दै यसमा नगर प्रहरीको ठूलो भूमिका रहेको बताए ।

उनले भने, ‘आफूले गरिरहेको कतिपय काम याद पनि नहुँदो रहेछ । आज यहाँ सबै कुराहरु हेर्दा खुशी पनि लाग्यो ।

महानगरपालिकाको आफ्नो पहिचानमध्ये नगर प्रहरी बलको योगदान पनि एक हो । काठमाडौँ महानगरपालिका सात सय ५३ पालिकाको राजधानी हो र यो राजधानी हुनुमा नगर प्रहरीको धेरै ठूलो योगदान छ । धेरै ठाउँहरु, पालिकाहरु छन् जसले काठमाडौँ महानगरपालिकाबाट केही सिक्न चाहन्छन् ।’

यस्तै, उनले सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि काठमाडौँ महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा पनि नगर प्रहरीको उल्लेख्य योगदान रहेको बताए । 

उनले भने, ‘सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि काठमाडौँ महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने काममा पनि तपार्इंहरुको उल्लेख्य योगदान छ । काम हेर्दा कहिलेकाही सिनेमा हेरेजस्तो लाग्छ । एकदम राम्रो भएको छ । तपाईंहरुले गर्नु भएको काम उदाहरण बन्न सक्नुपर्छ ।’ 

उपप्रमुख सुनिता डंगोलले नगर प्रहरी नागरिकसँग हरेक सुख-दुःख विपद्देखि जात्रा महोत्सव सबैमार्फत जोडिएको भन्दै जनताको सबैभन्दा नजिक रहने संस्था नै नगर प्रहरी भएको बताइन् । 

उनले भनिन्, ‘नगर प्रहरी भनेको नागरिकसँग हरेक सुख-दुःख, विपद्देखि जात्रा महोत्सव सबैमार्फत जोडिएको हुन्छ ।'

त्यसकारण पनि नगर प्रहरीले महानगरपालिकाको प्रतिनिधित्व गरिरहेको हुन्छ । संस्थाले सोचेका कामहरु कार्यान्वयन गर्न पनि तपाईंहरुको भूमिका एकदमै महत्वपूर्ण हुन्छ । तपाईंहरुले काम गर्दा निष्पक्ष भएर काम गर्नुहुन्छ । जनता र संस्थाको हितको लागि काम गर्नुहुन्छ ।’ 

महानगरपालिकाको काम र योजनालाई कार्यान्वयन गर्न सकारात्मक रुपमा लागेका सबै नगर प्रहरीलाई धन्यवाद पनि दिएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ