arrow

साफ यु-१७ महिला च्याम्पियनसिप

नेपाललाई हराउँदै भारतले जित्यो उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
nepal-u-19-t.jpg

काठमाडौं । भारतले नेपाललाई ५-० गोल अन्तरले पराजित गर्दै एक खेल अगावै साफ यु-१७ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। शुक्रबार सम्पन्न खेलमा भारतले नेपालमाथि सहज जित दर्ता गरेको हो।

यो जितसँगै भारतले ५ खेलबाट १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बनाएको छ। समान खेलबाट १० अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ। नेपालले भने ५ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा चित्त बुझाएको छ भने १ अंकसहित भुटान पुछारमा छ।

भारतले यसअघि सन् २०१८ र २०१९ मा पनि यो उपाधि जितेको थियो। अब च्याम्पियनसिपको अन्तिम खेलमा भारत र बंगलादेश तथा नेपाल र भुटान भिड्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ