लालटिन बोकेर बिजुली माग्दै अछामी युवा संघीय राजधानीमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
790
Shares
काठमाडौँ । अछाममा जिल्लाका विभिन्न गाउँहरुमा अहिलेसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेको र सरकारले यस कुरालाई ध्यान नदिएको विषयमा अछामी युवाहरुले शुक्रबार संघीय राजधानी काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
सुदूपश्चिमाञ्चलको बोलन्या थली फोरमले आज लालटिन बोकेर सरकार र प्राधिकरण कहाँ छन् भने सांकेतिक रूपमा प्रदर्शन गरेका हुन् ।
अछाम जिल्लाका विभिन्न स्थानहरू क्वाखेल, जामा, फल्टाने, सुनदेवी, छडानदेवी र भूल हरफ बलातामा अहिले सम्म राष्ट्रिय प्रशारण लाइन नपुगेको र सो क्षेत्रका चार हजार भन्दा बढी स्थानीयहरू अहिले पनि अन्धकारमा बस्नु परेको सो फोरमका अध्यक्ष यादव जोशीले बताए ।