arrow

सुर्खेतमा मुसल्धारे वर्षा, देशका धेरै ठाउँमा भारी वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
security-rain-82-5-6.jpg

काठमाडौँ। पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ। यसले गर्दा पछिल्लो २४ घण्टामा सुर्खेतसहित देशका केही स्थानमा अतिभारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२.३ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन मुसल्धारे वर्षा हो।

विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रका केही निश्चित केन्द्रमा सीमित तर बढी वर्षा भएको बताइन्। विभागका अनुसार, पर्वतको पञ्चासेमा पनि १७९.३ मिलिमिटर र बाँकेमा १४६.३ मिलिमिटर वर्षा भएको छ, जुन धेरै भारी वर्षा हो। यस्तै, दाङमा १३८, दार्चुलामा १०७ र सिन्धुपाल्चोकमा १०५ मिलिमिटर वर्षा मापन भएको छ।

मौसमविद् मानन्धरका अनुसार, आज दिउँसो र साँझसम्म वर्षा अलि बढी हुने र भोलि (शुक्रबार) भने केही कम हुने सम्भावना छ। अहिले मनसुनको न्यूनचापीय रेखा पूर्वमा औसत स्थानभन्दा दक्षिणतर्फ र पश्चिममा औसत स्थानको आसपासमा अवस्थित रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ