काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा जाजरकोटमा मध्यम वर्षा भएको जनाएको छ। जिल्लाको जाजरकोट वर्षा मापन केन्द्रमा उक्त वर्षा रेकर्ड गरिएको हो।
विभागका अनुसार, यो वर्षाका कारण सो क्षेत्रमा बग्ने ससाना खोलाहरूको बहाव बढ्ने सम्भावना छ। कमजोर र भिरालो जमिन भएका ठाउँमा पहिरोको जोखिम समेत रहेकाले विभागले सबैलाई सतर्क रहन आग्रह गरेको छ।