-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले र बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेकाले वर्षाको सम्भावना बढेको हो।
महाशाखाका अनुसार, शनिबार भने मौसम गतिविधि कमजोर रहनेछ।