arrow

अर्थमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षबाट बैठक बहिस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
samsad-mashesh-sabha.jpg

जनकपुर । एक महिनापछि बसेको मधेश प्रदेशसभा बैठक सुरु भएलगत्तै स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दलका सांसदले अर्थमन्त्री सुनिलकुमार यादवको राजीनामा माग गर्दै बैठक बहिस्कार गरेपछि समाभुख रामचन्द्र मण्डलले शुक्रबारसम्मका लागि स्थगित गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक सांसद रामअसिश यादवले प्रदेश सभामा पेश गरिएको २०८२/०८३ को बजेट वक्तव्यमा ४६१ पाना रहेको र पछि आफूहरुले पाएको रेड बुकमा २९४ पाना थप भई जम्मा ७५५ पानाको बजेट रहेको देखिएकोले २९४ पानामा करोडौंको योजनाहरु चोरी भई समेटिएको आरोप लगाए ।

उनले असन्तुलित बजेट आएको र बजेटमा पनि बिचोलिया हाबी भएको आरोप लगाए । सांसद यादवले अर्थमन्त्रीले राजीनामा नदिएसम्म प्रदेश सभा बैठक बहिस्कार गर्ने चेतावनी दिए ।

सोपछि सभामुख मण्डलले बैठक शुक्रबारसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ