arrow

बिहीबार र शुक्रबार जलवाष्पीय हावाको प्रभाव, देशैभर वर्षा, उपत्यकामा खतरा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
rain-drain-82-5-6.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । बुधबार अपरान्हदेखि शुरु भएको वर्षा बिहीबार बिहानसम्मै निरन्तर भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै वर्षा हुनेछ । 

उपत्यकामा सबैभन्दा खोलाहरुको सतह बढेकाले सावधानी अपनाउन आग्रह गरिएको छ । विभिन्न ठाउँ डुबानमासमेत परेका छन् । 

मौसमविद् सरोज पुडासैनीका अनुसार पछिल्लो १२ घण्टामा बुढानीलकण्ठमा सबैभन्दा बढी ५९ मिलिमिटर वर्षा भएको छ । त्यस्तै ककनीमा ५०.४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँका सबैजसो भागमै वर्षा भएको छ । 

वर्षा लगातार हुने सम्भावना भने कमै रहेको मौसमविद् पुडासैनीले बताए । उनले शुक्रबारसम्मै उपत्यकामा वर्षा हुने भए पनि केही समय भने रोकिने बताए । उनले भने, ‘निरन्तर वर्षा त नहोला, रोकिँदै फेरि वर्षा हुने सम्भावना देखिन्छ । तर आज र जलवाष्पीय हावाको पनि प्रभाव रहने देखिन्छ । जसका कारण मध्यमसँगै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।’

महाशाखाका अनुसार आज बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू९भागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू९भागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू९भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका धेरै स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशको तराइका भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ