arrow

देशका ठाउँठाउँमा वर्षा, काठमाडौँको गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
rain-duban-koteshor-bhaktapur.jpg
तस्बिर– भारी वर्षाका कारण कोटेश्वर–भक्तपुर सडक खण्डको सृजनानगरको अपरान्हको हालत ।

काठमाडौँ । काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बुधबार बेलुकीपछि जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती नदी बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउने सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।

बेलुकी तीन घण्टामा झापा जिल्लास्थित शनिश्चरे वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको पनि महाशाखाले जानकारी दिएको छ । सो क्षेत्र भई बहने ससाना नदीहरूमा आकस्मिक बहाव बढ्नसक्ने चेतावनीसमेत दिइएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार अपराह्नदेखि नै काठमाडौँ उपत्यकालगायत केही जिल्लामा भारी वर्षा भएको छ र उपत्यकामा राति पनि निरन्तर वर्षा भइरहेको छ । 

काठमाडौँका थुप्रै ठाउँमा डुबान भएको छ । 

झापामा सबैभन्दा बढी पानी परेको छ । त्यस्तै नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गुल्मी, लमजुङ, धादिङ, बारालगायत जिल्लामा पनि मध्याम वर्षा भएको विभागले जनाएको छ । 

महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । 

बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम देशभर नै बदली रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ