राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
812
Shares
काठमाडौं। नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध निर्वाचित भएकी छन्।
समितिको बुधबार बसेको बैठकमा ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाले न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
यसअघि, संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापति पदमा उम्मेदवारी दिएकी थिइन्। उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए।
यसअघि 'कुलिङ पिरियड'को विवादका कारण रामहरि खतिवडाले यस पदबाट राजीनामा दिएपछि रिक्त रहेको थियो।