arrow

काठेचुली चोकमा बलेरो जिप घरमा ठोक्किँदा क्षति

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ भदौ ११ बुधबार
jeep-accident-82-5-11.jpg

हुम्ला । बुधबार सिमकोट बजारको काठेचुलीमा लुम्बिनी प्रदेश ०१००१ ज ०२८२ नम्बरको बलेरो जिप सिमकोटबाट खार्पुनाथतर्फ जाँदै गर्दा दुर्घटनामा परेको छ। 

जिप सिमकोटस्थित काठेचुली चोकमा पुगेपछि अनियन्त्रित भई स्थानीय पदम रावतको घरमा ठोकिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

दुर्घटनामा घरको एक कोठाको झ्याल, ढोका र पर्खाल पूर्ण रूपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ। घटनामा जिप चालक  खार्पुनाथ १ गोप्का निवासी अनदाजी वर्ष ३० का तिलक ऐडी घाइते भएका छन् र उनको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको बताइएको छ।

प्रहरीका अनुसार जिपको अगाडिको भाग समेत क्षतिग्रस्त भएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ