arrow

शिक्षक आन्दोलन

शिक्षा विधेयक सच्याउन माग गर्दै कांग्रेस कार्यालयमा धर्ना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
sikchak-dharnas.jpg

काठमाडौं। नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमतिअनुसार प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ। संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको विधेयकमा आफ्ना मागहरू समावेश गराउन दबाब दिन यो आन्दोलन सुरु गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार, महासंघले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक तथा कर्मचारीका मागहरू सम्बोधन गर्नु अनिवार्य भएको बताए। महासंघले भदौ २० गतेसम्म धर्ना कार्यक्रम जारी राख्ने र यदि मागहरू पूरा नभए भदौ २१ गते थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएको छ। यसअन्तर्गत, भदौ १३ गते देशभरका स्थानीय तहहरूमा र भदौ १५ गते जिल्ला शिक्षा इकाईमा धर्ना दिने कार्यक्रम तय भएको छ।

महासंघले मुख्य गरी अस्थायी प्रकृतिका शिक्षकको पदपूर्तिमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला हुनुपर्ने माग राखेको छ, जबकि विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुलाको व्यवस्था छ। यसका अतिरिक्त, विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको पद र सेवा सुविधा सुनिश्चित हुनुपर्ने, साथै संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था सच्याउनुपर्ने माग पनि महासंघको रहेको छ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले भदौ ५ मा पारित गरेको यो विधेयकमा प्रमुख प्रतिपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले समेत फरक मत राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ