arrow

किशोरी करणी प्रयासको अभियोगमा दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
rape.jpg

 झापा । यहाँस्थित कचनकवल गाउँपालिका-७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ तथा डरत्रास देखाएर करणी प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार दुवैलाई भदौ ५ गते बेलुकी करिब ६ बजे पाथीभरा सामुदायिक वनमा किशोरीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो।

घटनाबारे भदौ ८ गते प्रहरीमा जानकारी प्राप्त भएपछि नियन्त्रणमा लिएर साेमबार जिल्ला अदालत झापाबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको प्रनाउ खड्काले बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ