arrow

देशका केही भागमा भारी वर्षाको सम्भावना, मनसुन सक्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। यसका साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा मनसुन सक्रिय बनेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराईका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि छ।

आज रातीको समयमा देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ