arrow

साफ यू-१७ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
nepal-saaf-camiopnship.jpg

काठमाडाैँ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू-१७ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आइतबार भएको खेलमा बङ्गलादेशसँग नेपाल ३-० ले पराजित भएको हो । यो जितसँगै तीन खेलमा छ अङ्क जोडेको बङ्गलादेश दोस्रो स्थानमा छ ।

पराजित नेपाल समान खेलबाट तीन अङ्कका सात तेस्रो स्थानमा छ । यसअघि भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई भने २-१ गोलले हराएको थियो ।

यसैगरी भुटानलाई ३-१ ले हराएको बङ्गलादेशले भारतसँग २-० को पराजय बेहोरेको थियो । बङ्गलादेशको जितमा थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गरे । 

खेलको ४१औँ मिनेटमा मार्माको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै सौरभीले टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलको इन्जुरी समयमा चक्माले गोल गर्दै बङ्गलादेशलाई सहज जित दिलाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ