arrow

झाडापखालाको प्रकोप क्षेत्रमा पानी परीक्षण घुम्ती सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
haija-birganj.jpg

वीरगन्ज । पर्सालगायतका क्षेत्रमा झाडापखालाको संक्रमण देखिएसँगै संघ र प्रदेश सरकारको पहलमा पानी परीक्षणका लागि घुम्ती सेवा संचालनमा आएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुर (चितवन), काठमाडौं र जनकपुरबाट विज्ञसहितको टोली वीरगञ्जको मुडली, रानिघाट, श्रीपुरलगायतका स्थानमा जडान गरिएका डीप बोरिङ तथा खानेपानी संस्थानका धाराहरूको नमुना संकलन गरिरहेको छ ।

खानेपानी संस्थान पर्साका प्रमुख प्रविन कुमार साहका अनुसार अहिलेसम्म १५ स्थानका पानी नमुना संकलन गरी परीक्षणका लागि जनकपुर पठाइसकिएको छ।

उनका अनुसार संघ र चितवनबाट आएको टोलीले आइतबार पनि नमुना संकलन कार्य जारी राखेको छ । नमुनाको रिपोर्ट आउन करिब २ दिन लाग्ने जानकारी उनले दिए।

यसैबीच वीरगन्ज महानगर क्षेत्रमा हैजाको महामारी समुदायस्तरमा गम्भीर रूप लिँदै गएको छ । आइतबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार २२१ जना झाडापखालाबाट संक्रमित भएका छन्, जसमा ४२ जनामा हैजाको पुष्टि भएको छ ।

स्वास्थ्यकर्मीले नागरिकलाई उमालेको पानी मात्र पिउन, सरसफाइमा ध्यान दिन र संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ