arrow

सुन तोलाको २३ सय र चाँदी ४० रुपैयाँले वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य भारी वृद्धि भएको छ ।

आज आइतबार सुनको भाउ तोलामा दुई हजार तीन सय र चाँदी ४० रुपैयाँ बढेको हो । 

मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको भाउ प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ रहेको थियो । 

यस्तै शुक्रबार प्रतितोला दुई हजार तीन सय १० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आज आइतबार दुई हजार तीन सय ५० रुपैयाँमा कोरोबार भइरहेको महासंघले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ