arrow

नेपालको वैदेशिक व्यापार घाटा बढ्दै, पहिलो महिनामा एक खर्ब १९ अर्बको घाटा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
costum-house.jpg

काठमाडौँ। भन्सार विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १९ अर्ब १० करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कुल १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ, जसमध्ये १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ आयात र २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ निर्यात भएको छ।

नेपालले ११० भन्दा बढी देशसँग व्यापार गरे पनि धेरैजसो मुलुकसँग घाटा बेहोरेको छ। साउन महिनामा भारतसँग ६४ अर्ब ८ करोड रुपैयाँ र चीनसँग २७ अर्ब ९४ करोड रुपैयाँ घाटा भएको छ। यसैगरी, युएई, थाइल्याण्ड, अर्जेन्टिना, अस्ट्रेलिया र बंगलादेशसँग पनि ठूलो व्यापार घाटा देखिएको छ। विशेषगरी बहराइनबाट १७ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरे पनि निर्यात भने शून्य रहेको छ।

यस अवधिमा जर्मनी, अफगानिस्तान, संयुक्त राज्य अमेरिका, रूस, बेल्जियम र नर्वेजस्ता केही मुलुकहरूसँग भने नेपालले व्यापार नाफा हासिल गरेको छ।

गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस वर्षको सोही अवधिमा आयात ११.४२ प्रतिशत ले बढेको छ भने निर्यात ९५.७५ प्रतिशत ले बढेको छ। यद्यपि, निर्यातमा भएको वृद्धि आयातको तुलनामा निकै कम भएकाले व्यापार घाटा निरन्तर बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ