arrow

बेनीमा मोटरसाइकलको ठक्कबाट बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
accident-final.jpg

पोखरा। म्याग्दीको बेनीमा मोटरसाइकलको ठक्कबाट एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा बेनी नगरपालिका वडा नं ३ डाँडाखानीका ५ वर्षीय छोरा केविन परियार छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार शनिबार दिउँसो बेनी नगरपालिका वडा नं २ हाँडेभिरमा ध२प ६९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा केविन गम्भीर घाइते भएका थिए ।

घाइते केविनलाई तत्कालै उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल वेनी लगिएको थियो । त्यहाँ समान्य उपचारपछि उनलाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको म्याग्दी प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

मोटरसाइकल चालक विशन सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ