arrow

स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
bharatpur-hospital.JPG

चितवन । स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका-१३ की ३६ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् ।

यसैबीच, चितवनस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ ।

चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ