arrow

नारायणगढ–मुग्लिन सडकखण्ड सुक्खा पहिरोले ठप्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
mugling-narayangadh-pahiro-2079.jpg
तस्बिर – फाइल ।

भरतपुर । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी अवरुद्ध भएको हो । 

सडक चालु्का लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । उनका अनुसार स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम शुरू भएको छ । 

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । यस सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ