बुबा ! तपाईं गएको धेरै दिन भैसक्यो,
तर लाग्छ, तपाई यहीँ वरिपरि हुनुहुन्छ
आज मुख हेर्ने दिन
सबै जना आफ्ना बाबुलाई भेट्नतिर लागेका छन्
तर म तपाईंको तस्बिर समाएर
हृदयभरि भेट्ने प्रयास गर्दैछु
बुबा हामी बाचिरहेका छौँ तपाईंको नाममा
तपाईंको आदर्शमा तपाईंको ममताको यादमा
बुबा,
आज फेरि ढोग्छु तपाईंको तस्बिरलाई
तपाईंको आशीर्वाद माग्छु र
मौन प्रार्थनामा भन्छु
तपाईंको सन्तान सधैँ तपाईंको पथमा हिँड्ने छ ।