arrow

सम्झनामा बुबा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
kabita-gautam-82-5-7.jpg

बुबा ! तपाईं गएको धेरै दिन भैसक्यो,
 तर लाग्छ, तपाई यहीँ वरिपरि हुनुहुन्छ 

आज मुख हेर्ने दिन
सबै जना आफ्ना बाबुलाई भेट्नतिर लागेका छन् 
तर म तपाईंको तस्बिर समाएर 
हृदयभरि भेट्ने प्रयास गर्दैछु 

बुबा हामी बाचिरहेका छौँ तपाईंको नाममा
तपाईंको आदर्शमा तपाईंको ममताको यादमा 
बुबा,
आज फेरि ढोग्छु तपाईंको तस्बिरलाई 
तपाईंको आशीर्वाद माग्छु र
मौन प्रार्थनामा भन्छु
तपाईंको सन्तान सधैँ तपाईंको पथमा हिँड्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ