-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँको बागमती नदी गौरीघाट जमामापन केन्द्रमा जलसह सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नदी बढ्दो क्रममा रहेको र सतर्कता तहसमेत पार गरेकाले आवश्यक सावधानी अपनाउन जरुरी छ ।
विभागले सूचनामार्फत नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेले बिहानसम्म आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
वर्षाले सडक पनि डुबानमा परेका छन् ।