arrow

वर्षकै वेस्ट अफर सहित वीरगन्जमा टाटा ईभी अटो सो आजदेखि सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
sipradi-tata-auto-show-birjung-2025.jpg

वीरगन्ज। सिप्रदी ट्रेडिङ प्रालि (टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक) ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा आजदेखि वीरगन्जमा टाटा ईभी अटो सो सुरु गरेको छ। अगस्ट २२ देखि २४ सम्म होटेल विशुवा, बाइपास रोडमा सञ्चालन हुने यो अटो सो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहने कम्पनीले जनाएको छ।

अटो सोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि आकर्षक अफरहरू उपलब्ध गराइएको छ। अफरमा फ्री लाइफटाइम डिसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर,  निःशुल्क होम चार्जिङ इन्स्टलेसन, र निःशुल्क एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू समावेश छन्।

यस अटो सोमा प्रदर्शित ईभी मोडलहरूमा कर्वभ.ईभी, नेक्सन के३.ईभी, पन्च.ईभी र टियागो.ईभी रहेका छन्।

यससँगै, अटो शोमा आउने आगन्तुकका लागि फूड स्टल, रमाइलो खेल गतिविधि (फन गेम्स) र मनोरञ्जनात्मक कार्यक्रमहरू समेतको व्यवस्था गरिएको छ। जसले यसलाई केवल प्रदर्शनी मात्र नभई उत्सवको रूप दिनेछ।

कार्यक्रम आयोजक प्राइम अटो ट्रेडर्स र सिप्रदी ट्रेडिङ का अनुसार, यो अटो शोले वीरगन्ज र आसपासका ग्राहकहरूलाई विद्युतीय मोबिलिटीबारे प्रत्यक्ष अनुभव दिने र टाटा ईभी मोडलहरूबारे जानकारी लिन उत्कृष्ट अवसर प्रदान गर्ने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ