लोकतन्त्र स्थापनामा आदिवासी जनजातिको भूमिका महत्त्वपूर्ण: देउवा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
622
Shares
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा लोकतन्त्रको स्थापनाका लागि आदिवासी, जनजातिहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। उनले आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर सङ्घर्ष गरेको र आफ्नो घरपरिवारको प्रवाह नगरी प्रजातन्त्रको मार्गमा अघि बढेको बताए।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, “उहाँहरूको त्याग, तपस्या र बलिदानकै आधारमा आज नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको छ।” उनले ती सबै प्रजातन्त्र सेनानीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरे।
सभापति देउवाले आदिवासी जनजाति लगायतका नेताहरूले देखाएको लोकतान्त्रिक समावेशी मार्गमा नेपाली काँग्रेस अग्रसर रहेको पनि बताए।