जनकपुर । मधेस प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गरिएको छ ।
बिहीबार प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गरेको हो ।
मधेस प्रदेश सरकारको मन्त्रिपरिषदको २०८२/०५/०४ गतेको बैठकबाट प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आएको अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोनिम प्रदेश प्रमुखले भदौ १२ गत्ते बिहीबार दिनको १ बजे मधेश प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गरेको जानकारी दिएको छ ।