-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । भारत र चीनले नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न गरेको सहमतिको विरोधमा युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
त्यस क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङको पुत्लामा जुत्ता हान्ने ८ जना पक्राउ परेका छन् ।
स्वतन्त्र युवा समूहको नाममा प्रदर्शन भएको हो । भारत र चीनबीच भएको सम्झौताको विरुद्धमा प्रदर्शन भएको हो ।
त्यस्तै सो क्रममा लैनचौरस्थित भारतीय राजदूतावास अगाडि एमाले निकट अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको छ ।