सिप्रदी ट्रेडिङद्वारा नाडा अटो सो २०२५ मा एक्सप्रेस–टी ईभी फ्लिट पार्टनरलाई सम्मान
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
741
Shares
काठमाडौँ। नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले सिप्रदी ट्रेडिङ प्रालि (टाटा मोटर्सको आधिकारिक वितरक) ले यस वर्षको नाडा अटो सो २०२५ मा आफ्ना प्रमुख एक्सप्रेस–टी ईभी फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ।
कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, विजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई सम्मान गरिएको थियो। उनीहरूको यात्रु सेवामा विद्युतीय ट्याक्सीलाई लोकप्रिय बनाउन देखाएको निरन्तर योगदान, प्रतिबद्धता र मेहनतका लागि यो सम्मान गरिएको हो।
एक्सप्रेस–टी ईभी विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो। स्वरोजगार प्रवर्द्धन, कम सञ्चालन खर्च, र इन्धनमा विदेशी निर्भरता घटाउने क्षमताका कारण यो सवारी अहिलेको आवश्यकता अनुसार उपयुक्त विकल्प मानिएको छ।
नाडा अटो सो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म (साउन ३५ गतेदेखि भदौ ८ गतेसम्म) काठमाडौँको भृकुटीमण्डपमा हुँदै छ। यस अवसरमा टाटा मोटर्सका नयाँ मोडलहरू प्रदर्शन गरिनेछन्। साथै, सीमित अवधिका विशेष अफरहरूको लाभ लिन सकिने भएकाले सिदी ट्रेडिङले सम्पूर्ण अटोप्रेमीलाई निमन्त्रणा गरेको छ।