arrow

साफ महिला च्याम्पियनशिपकाे पहिलाे खेलमै नेपालकाे लज्जास्पद हार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
nepal-saaf-camiopnship.jpg

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ । 

भुटानको थिम्पुस्थित चाङिलमिथाङ रङ्गशालामा बुधबार भएको खेलमा भारतसँग नेपाल ७-० गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा पाँच गोल गर्यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

भारतको जितमा अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई/दुई गोल गरे भने जुलन नोन्गमाइथिमले एक गोल थपिन् ।

डबल राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न चार टोलीले सहभागिता जनाएका छन् ।

जसमा आयोजक भुटानसहित नेपाल भारत र बङ्गलादेश छन् । अब नेपालले शुक्रबार भुटानसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ