टाटा मोटर्सले नाडा अटो शोमा सार्वजनिक गर्यो याँ ईभी मोडल र आकर्षक अफर
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
539
Shares
काठमाडौँ । टाटा मोटर्सले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो विद्युतीय सवारी साधनहरूको नवीनतम श्रृंखला प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको छ ।
सिप्रदी ट्रेडिङ प्रालि सँगको साझेदारीमा टाटाले टियागो.ईभीको नयाँ एरिजोना ब्लु रंग पहिलोपटक सार्वजनिक गरेको छ ।
यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख ईभी मोडलहरूमा कर्भ.ईभी, नेक्सन केथ्री.ईभी, पन्च.ईभी र टियागो.ईभी रहेका छन् । यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लुक्स र भविष्य–मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको दाबी छ ।
यसै अवसरमा टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको जनाएको छ ।
यस्ता छन् अफरहरू-
• सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ ।
• आकर्षक छुट र उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन ।
• तीन वर्षसम्म निःशुल्क सर्भिसिङ ।
• निःशुल्क अटो प्लस इन्स्युरेन्स ।
• निःशुल्क एसेसोरिज र १ वर्षको भेकल ट्याक्स ।
• घरमै निःशुल्क चार्जिङ स्टेशन इन्सटलेसन ।
• निःशुल्क इम्बोस्ड नम्बर प्लेट ।
यसरी अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको विश्वास छ ।
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालका अनुसार टाटाले यसपटक प्रस्तुत गरेको नवीन ईभी पोर्टफोलियोले नेपालमा मोबिलिटीको भविष्यलाई अझ दिगो र आधुनिक बनाउनेछ ।
त्यस्तै सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेटअनुसारको विकल्प उपलब्ध हुने बताए ।
टाटाले यसै अटो शोमा नयाँ सफारी पनि सार्वजनिक गरेको छ, जसमा एडीएएस मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन् । यसको मूल्य रु. १ करोड २ १ लाख ९९ हजार बाट शुरू हुने कम्पनीले जनाएको छ ।
नाडा अटो शो मंगलबारदेखि शुरु भइ आगामी आइतबारसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना भइरहेको छ । टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्गले सम्पूर्ण अटोप्रेमीहरूलाई आफ्ना नयाँ मोडल र सीमित अवधिका अफरहरू नजिकैबाट अवलोकन गर्न आमन्त्रण गरेको छ ।