arrow

पाकिस्तानमा मनसुनी वर्षाको प्रकोप, मृत्यु हुनेको संख्या सात सय नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
badhi-pakistan.jpg

काठमाडौँ । पाकिस्तानमा गत २४ घण्टामा भएको भारी मनसुनी वर्षाका कारण ४६ जनाको मृत्यु भएको छ। जुन २६ मा मनसुनी मौसम सुरु भएदेखि वर्षासँग सम्बन्धित घटनामा मृत्यु हुनेको कुल संख्या ७०६ पुगेको छ।

देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, अधिकांश मृत्यु घर तथा छाना भत्किँदा भएको हो। यसबाहेक आकस्मिक बाढी, पहिरो, विद्युतीय करेन्ट र चट्याङका कारण पनि केहीको ज्यान गएको छ।

खैबर पख्तुनख्वा प्रान्त मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ ४२७ जनाको मृत्यु भएको छ। मनसुनी वर्षाले देशभरका पूर्वाधार र निजी सम्पत्तिमा व्यापक क्षति पुर्‍याएको छ। जुन २६ यता, २,९३४ भन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन्, ११ सय ८ पशुधन मरेका छन्, र लगभग ४५१ किलोमिटर सडक तथा १५२ पुलहरूमा क्षति पुगेको छ।

खैबर पख्तुनख्वा र पाकिस्तान नियन्त्रित कश्मीर सबैभन्दा बढी विनाशबाट प्रभावित भएका छन्। अधिकारीहरूले आगामी दिनमा थप वर्षा हुने चेतावनी दिँदै जोखिममा रहेका क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ