यातायातमन्त्रीले गरे पुवाखोलामा बेलिब्रिजको उद्घाटन, मेची करिडोर सहज
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
488
Shares
फिक्कल (इलाम)। केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ। पुलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज गरे।
संघीय सरकारको १ करोड ३५ लाख रुपैयाँको लागतमा गत असारमा यो पुल जडान गरिएको हो। सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पुल ४८.६ मिटर लामो छ।
पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पको रूपमा केचना–कञ्चनजङ्घा सडक पनि अब सहज भएको छ।