भियतनाममा चम्किए नेपाली बालबालिका, ‘जुनियर मोडल इन्टरनेशनल’मा जिते महत्त्वपूर्ण उपाधि
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
2.1k
Shares
काठमाडौँ । नेपाली बालबालिकाहरूले भियतनाममा सम्पन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘जुनियर मोडल इन्टरनेशनल २०२५’ मा चार महत्त्वपूर्ण उपाधि जितेका छन् । तासी नुर्वु शेर्पा, तोरेशा भण्डारी, सुहानी श्रेष्ठ र विपार्थ थापाले विभिन्न विधामा उपाधि हात पार्न सफल भएका हुन् ।
भियतनामको दानाङ शहरमा अगस्ट १३ देखि १८ सम्म आयोजना भएको प्रतियोगितामा विश्वका विभिन्न देशका प्रतिभाशाली बालबालिकाहरूको सहभागिता रहेको थियो । उक्त अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिनिधिहरूले नेपालको कला, संस्कृति, सम्पदा र पर्यटनलाई आकर्षक ढंगले प्रवर्द्धन गरेका थिए । उनीहरूले प्रस्तुत गरेका सामग्री र प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा बटुल्न सफल भयो ।
नेपाली प्रतिभाहरूले जितेका उपाधिहरू:
विपार्थ थापा : प्रिन्स केटातर्फ सेकेन्ड रनरअप
सुहानी श्रेष्ठ : बेष्ट इन्ट्रोडक्सन अवार्ड
तासी नुर्वु शेर्पा : प्रिन्स अफ एसिया
तोरेशा भण्डारी : राइजिङ स्टार
यी चारै जना बालबालिका रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित राष्ट्रिय प्रतियोगिताहरू ‘मिलेनियम किड्स इन्टरनेसनल २०२५’ र ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२५’ का विजेताहरू हुन् ।
उनीहरूको फेशन कन्सेप्ट डिजाइनर श्रीषा बैदार थिइन् भने प्रतियोगितामा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले उनीहरूलाई साथ दिएका थिए ।