arrow

मुस्ताङ पस्याे डेंगी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
dengue--ji-ha.jpeg

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेंगी सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेंगी सङ्क्रमण भएको हो ।

डेंगी सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन् ।

सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेंगी रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा समीक्षा कँडेलले जानकारी दिए । उनका अनुसार बिरामी महिला उपचारपछि घर फर्किएको छ ।

साउनमा यहाँ डेंगी रोग सङ्क्रमण देखिएको यो पहिलो घटना भएको डा कँडेलले जानकारी दिए । यहाँ आउने पर्यटकका माध्यमबाट यहाँ डेंगी सङ्क्रमण देखिएको उनको भनाइ छ ।

यसअघि मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा आव २०८०/८१ मा चार जना तथा आव २०८१/८२ मा १७ जनामा डेंगी सङ्क्रमण देखिएको मुस्ताङ अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ