arrow

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन र निर्देशक नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
shrestha-pageni-pokhara-health.jpg

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा सह-प्राडा डेभिड श्रेष्ठ र निर्देशकमा सह-प्राडा प्रेमराज पंगेनी नियुक्त भएका छन् । 

प्रतिष्ठानका उपकुलपति प्रा.डा. भरतबहादुर खत्रीले श्रेष्ठलाई डीन र पंगेनीलाई निर्देशक नियुक्त गरेका हुन् । 

केही दिन अघिमात्र प्रतिष्ठानको उपकुलपति नियुक्त भएका खत्रीले भदौ ३० गते पदभार ग्रहण गरेका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालका नौ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये एक हो । शुरुवातमा सोल्जर बोर्ड अस्पतालको रूपमा स्थापना भई कास्की जिल्ला अस्पताल, गण्डकी अञ्चल अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुँदै २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको हो । 

सोही प्रतिष्ठानको मातहतमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संचालनमा छ । प्रतिष्ठानले चिकित्साशास्त्रमा स्नातक र स्नातकोत्तरको पढाइ सञ्चालन गरिरहेको छ ।

शुरुवाती अवस्थामा छ वटा विधामा स्नातकोत्तर कोर्स सञ्चालन शुरू गरेको प्रतिष्ठानले अहिले १० वटा विधामा पोस्ट ग्र्याजुएट कोर्सको पढाइ सञ्चालन गरिरहेको छ ।

यस वर्षदेखि जेनेरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन (एमडीजीपी), साइकाइट्री र अपथाल्मोलोजी विषयमा पिजी कोर्स शुरू हुँदैछ ।

अन्डरग्राजुएट कोर्समा बिएस्सी नर्सिङ तथा बीएनएसमा तीन,तीन ब्याचको पढाइ चलिरहेको छ। यस शैक्षिक सत्रदेखि एमबीबीएसको पढाइ सुरु भएको छ र ५० जना विद्यार्थी छन् । निकै सम्भावना बोकेको यो प्रतिष्ठानलाई चिकित्सा शिक्षाको आशाको केन्द्र मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ