arrow

गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी

गौर घटना राजनीतिक मामिला हो, अनुसन्धानमा सहयोग गर्छुः उपेन्द्र यादव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
upendra-yadhav.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले गौर नरसंहारको छानबिन अघि बढाउने आदेश दिएपछि त्यसको अनुसन्धानमा आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन्।

१८ वर्षअघिको सो घटनाको छानबिन अघि बढाउन सर्वोच्च अदालतले भदौ २ गते (सोमबार) आदेश दिएको थियो। घटनाका घाइते त्रिभुवन साहले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यो फैसला गरेको हो।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष यादवले अदालतको सम्मान गर्ने बताए, तर यो घटनाबारे पहिला नै विभिन्न जाँचबुझ आयोग, मानव अधिकार आयोग र राष्ट्रसंघीय मानव अधिकार आयोगले अनुसन्धान गरिसकेको उल्लेख गरे। उनले करिब १९ वर्षपछि आएर पुनः मुद्दा अघि बढाउनु 'राजनीतिक प्रतिशोध' हुन सक्ने आशंका व्यक्त गरे।

“हामी आत्तिएका छैनौँ। नबिराउनु, नडराउनु भन्छन् नि,” उनले भने, “दोषी रिपोर्टमा जसले हमला गरेको छ, त्यसलाई देखाइएको छ।”

यादवले यो घटनालाई 'राजनीतिक मामिला' भएकोले राजनीतिक शक्तिहरूले नै यसको समाधानको बाटो खोज्नुपर्नेमा जोड दिए। उनले सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म थप टिप्पणी गर्नु हतार हुने बताए।

२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ