arrow

मधेसी नेताको दोहोरो चरित्रका कारण मधेसले अधिकार पाएन: अनिलकुमार झा

काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध गर्छन्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
anil-kumar-jhas.jpg
तस्बिर फाइल

काठमाडौँ । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसी राजनीतिक दलहरूले दोहोरो चरित्र देखाएकाले मधेसले अपेक्षित अधिकार प्राप्त गर्न नसकेको बताएका छन्। उनले मधेसका मुद्दाहरूलाई खरो रूपमा उठाउने राजनीतिक दलहरू कम रहेको आरोप लगाए।

झाका अनुसार, मधेसी नेताहरूले मधेसमा ‘जय मधेस’ भन्ने तर काठमाडौँमा ‘सङ्घीय अभिवादन’ भन्ने गरेका छन्। उनले नेताहरूले काठमाडौँमा प्रधानमन्त्रीको ‘पूजा’ गर्ने र मधेस गएर प्रधानमन्त्रीले नै मधेसलाई सखाप पारेको आरोप लगाउने दोहोरो चरित्र जनताले बुझ्नुपर्ने बताए।

उनले आफ्नो पार्टी आगामी निर्वाचनमा जनताबाट परीक्षण हुन तयार रहेको बताउँदै, आफूहरू अन्ततः ब्यालेटको राजनीतिमा नै रहने स्पष्ट पारे। झाका अनुसार, नेताहरूले प्रत्येक पाँच वर्षमा जनतासामु आफ्नो परीक्षण दिनुपर्ने हुन्छ। उनले आगामी दुई वर्षभित्र आफ्नो पार्टीलाई जनस्तरसम्म पुर्याउने पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ