स्पेनिश ला लिगा शुरू, बार्साको उपाधि यात्रामा शानदार शुरूआत
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
650
Shares
काठमाडौँ । स्पेनिश ला लिगा फुटबलको नयाँ सिजन शुरु भएको छ । खेलमा मल्लोर्काविरुद्ध सहज जित निकाल्दै बार्सिलोनाले ला लिगाको उपाधि रक्षा अभियान शुरू गरेको छ ।
बार्सिलोनाले ३–० को सहज जित निकालेको हो । खेलको शुरूआतमै बार्सिलोनाले अग्रता लिएको थियो। पहिलो हाफमै मयोर्काका दुई खेलाडीले रातो कार्ड खाँदा बार्सा हाबी भयो ।
अन्य खेलको परिणाम
भ्यालेन्सिया र रियाल सोसिडाडबीचको खेल १–१ को बराबरीमा टुंगियो।
डेपोर्टिभो अलाभेसले लेभान्तेलाई २–१ ले हरायो ।
आजका खेल
आज दुई खेल हुनेछन् । राति सेल्टाभिगोले गेटाफेसँग र एथलेटिक क्लबले सेभियासँग खेल्नेछ ।