प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
763
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि भारतीय राजदूतलगायत सहभागी रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ गते प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आएको बताइएको छ ।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्चण्ड र परराष्ट्रमन्त्री डा आरजू राणा देउवासँग छुट्टा–छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।