तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवा क्लबलाई
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
735
Shares
फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङमा भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप को उपाधि सहलेश युवाक्लब सिरहाले जितेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा सहलेशले चर्च ब्वाइज युवाक्लब ललितपुरलाई २-० गोल अन्तरले हराउँदै विजेता बनेको हो।
खेलको ७९औँ मिनेटमा सुरेन खड्काले पहिलो गोल गरे भने ८९औँ मिनेटमा युसुकमलिकले दोस्रो गोल थपेका थिए। ललितपुरले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। गत वर्ष उपविजेता बनेको सहलेश युवा क्लबले यस पटक कमजोरी सच्याएर उपाधि आफ्नो पोल्टामा पारेको हो।
आयोजक लाखेजात्रा सञ्चालक समितिका कोषध्यक्ष दावा शेर्पाका अनुसार, विजेता बनेको सहलेश युवाक्लबले ७ लाख २ हजार ८२ रुपैयाँ नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको चर्च ब्वाइज युवा क्लबले भने ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।