arrow

चार महिनामा विपद्का २८ सय बढी घटना, एक सय २६ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
bipad-bhotekoshi.jpg

काठमाडौँ। गत वैशाखदेखि साउन मसान्तसम्म चार महिनामा नेपालमा कुल २८ सय ५३ वटा विपद्का घटना भएका छन्। यी घटनाहरूमा परेर एक सय २६ जनाको निधन भएको छ भने ५८५ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यो अवधिमा २३ जना बेपत्ता भएका छन् र ५,०४१ परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी आगलागीका १,११४ घटनाहरू भएका छन्। यसबाहेक, बाढीका २१६, पहिरोका ३१७, चट्याङका २४५ र हुरीबतासका २७७ घटनाहरू भएका छन्।

साउन ३१ गते मात्रै देशभर आगलागीका ७, पहिरोका ८, र बाढी तथा अविरल वर्षाका ५ घटना भएका छन्, जसमा १ जनाको मृत्यु भएको र ३८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ। विपद्बाट प्रभावितहरूको खोज, उद्धार र राहतका लागि १४० जना प्रहरी परिचालन गरिएको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ