आयल निगमको बाटो हुँदै रविलाई ल्याइयो नक्खु कारागार
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
774
Shares
तस्बिर फाइल
काठमाडौँ। सहकारी ठगी मुद्दामा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरिएको छ। कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले आज साँझ जहाजमार्फत उनलाई काठमाडौँ ल्याएर नक्खु कारागार लगिएको जानकारी दिएका छन्।
लामिछानेले कारागार सरुवाका लागि दिएको निवेदनका आधारमा विभागले हिजो नै उनलाई नक्खु सार्ने निर्णय गरेको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उनलाई विशेष सुरक्षाका साथ त्रिभुवन विमानस्थल हुँदै नक्खु कारागार पुर्याइएको हो।
लामिछानेको सरुवाको खबर पाएपछि उनका समर्थक र कार्यकर्ताहरू नक्खु कारागार र विमानस्थल क्षेत्रमा ठूलो संख्यामा उपस्थित भएका थिए। भीडका कारण सुरक्षालाई ध्यानमा राख्दै उनलाई विमानस्थलको आयल निगमको बाटो प्रयोग गरी लगिएको प्रहरीले जनाएको छ।