काठमाडौँ । सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई कारागार अड्डासारका लागि काठमाडौँ ल्याइएको छ ।
उनलाई बुद्ध एयरबाट भैरहवाबाट काठमाडौँ ल्याइँदैछ । करिब अपरान्ह ४ः३५ बजेतिर जहाज उडेको हो । दिउँसो ३ः१० उड्ने भने पनि ढिलाइ भएको भैरहवाबाट सहकर्मी नारायण वलीले जानकारी दिए ।
काठमाडौँ ल्याएर नख्खु कारागारमा राखिने तयारी भइरहेको छ । त्यहाँ उनलाई छुट्टै कोठामा राखिने छ ।
उनका लागि नख्खु कारागारले छुट्टै कोठाको समेत व्यवस्था गरेको जनाइएको छ ।
रविले कारागार स्थानान्तरण माग गर्दै गत जेठमा निवेदन दिएका थिए । अदालतले पनि कारागार सरुवाका लागि अनुमति दिएको थियो ।