हेटौंडा-काठमाडौं सडक अवरुद्ध, पहिरो हटाउने काम हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
617
Shares
बागमती। सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक आज बिहानैदेखि अवरुद्ध भएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, ज्यामिरेमा बिहान करिब ९:३० बजेतिर पहिरो खसेपछि यो सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो।
मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका–९, लामिडाँडा नजिकै पनि ढुंगा र रुख खसेका कारण सडक अवरुद्ध भएको छ।
अवरुद्ध दुवै ठाउँमा अहिले डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।