arrow

कृष्णको जन्म

logo
सुनिता ज्ञवाली,
प्रकाशित २०८२ साउन ३१ शनिबार
sunita-gyawali-82-4-31.jpg

भाद्र कृष्ण पक्षको महिना, अष्टमीको रात, खुब झरी परेको
आकाशबाट ती पुष्प थुङ्गा, धरतीमा झरेको 
देवकी अनि बासुदेव थिए, कंशको पासोमा
अचम्मै भयो सबैको मुहार, बदलियो हाँसोमा 
    अचम्मित थिए मथुराबासी, के हुँदै छ भनी
प्रसन्न थिए देवकी अनि, बासुदेव पनि 
    देवकीको कोख साँच्चै धन्य भो, ईश्वरको रूपले
सजाउन थाले बासुदेव कोठा, सुगन्धित धूपले
    केही छिनपछि देवकीबाट, बालख जन्मिए
अँध्यारो रातलाई उज्यालो पार्ने, ईश्वरका रूप थिए
    बालखप्रति मातृ स्नेह, अपार भावना
दम्पती गर्छन् बालखरूपी, ईश्वरलाई प्रार्थना
    हे प्रभु ! हामी साँच्चै धन्य छौँ हजुरलाई पाउँदा
हजुरकै नाममा दिन र रात, भजन गाउँदा
    प्रभुको जन्म अँध्यारो रात नि उज्यालो भाको छ
तर थाहा पाउनासाथ कंशले मार्छ, साह्रै पीर लाको छ 
    ती दम्पतीको प्रार्थना सुनी प्रसन्न बन्दछन्
बालखरूपी ईश्वर अब यसरी भन्दछन् 
    हे माता पिता धेरै सहनुभो कंशको अत्याचार
त्यसलाई नाश गर्न सबलाई उतार्न, ईश्वरको यो अवतार
    गोकुल गई  यशोधा पुत्री ल्याउनुस्, मलाइ त्यहीँ छोड्नु होस्,
निडर हुनुस् अब नरुनुस्, बढाइदिन्छु जोश
    नौ महिनासम्म गर्भमा राख्नेको पाउ छुन्छु है ?
हे माता पिता अब म उही बालखै हुन्छु है ?
    दरबारका सारा चौकीदारहरू मस्त थे निद्रामा
देवकी अनि बासुदेव चाहिँ प्रसन्न मुद्रामा
    नेलहरू खुले, ढोका उघ्रियो, बिजुली नि बल्यो
मथुराबासी सबैको मनमा, खुशीको लहर चल्यो
    बासुदेव हिँडे गोकुलतिर बालख बोकेर
बालखका रूप ईश्वरका दुवै, पाउमा ढोगेर 
    यमुना नदी बढेको देख्दा, बासुदेव रोकिए
तुरुन्तै उनले बालखका साना पाउले छोइदिए 
    यमुना शान्त भई हिँडे, बासुदेव गोकुलमा
यशोधा पनि अचेत थिइन् प्रशव पीडामा
    बासुदेव हिँडे गोकुलतिर बालिका समाई
जेलभित्र पसे, मज्जाले बसे, खुबै नै रमाइ 
    दरबारका सारा चौकीदार जागे बालखको रुवाइले
आत्तिँदै थे दुई दम्पती, कंशको डरको छुवाइले
    पुग्यो नि खबर कंशलाई भो डर, हत्पत जेलमा आए
शत्रुलाई मासेँ भनेर हाँसे, बालिका समाए
    बालिकालाई पछार्न खोज्दा, उडेर माथि गइन्
त्यतिबेला नै आकाश वाणी भो कंशको भाग्यो चैन
    आकाश वाणी भन्दै थ्यो पापी मनमा के पस्या छ
तँलाई मार्ने बालख त हेर्, गोकुलमा बस्या छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ