कुमारी बैङ्क र इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीबीच सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
592
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड), नयाँ दिल्लीबीच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने स्वस्थे सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई इनपेशेन्ट तथा आउटपेशेन्ट सेवा सुविधामा अधिकतम १०% सम्मको विशेष छुट प्रदान गरिने बैङ्कले जनाएको छ।
विगत २४ वर्षदेखि नेपाली बैङ्किङ क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैङ्क लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै, देशभर रहेका ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैङ्किङ इकाइहरूमार्फत ग्राहक वर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।
ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै, बैङ्कद्वारा देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ।
बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात् गर्दै, बैङ्कले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गरिने अठोट व्यक्त गरेको छ।