arrow

भारतको स्वतन्त्रता दिवसमा काठमाडौँमा कथककली नाच [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
kathakkali-dance-indian-cul.jpg

काठमाडौँ । भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसर पारेर स्वामी विवेकानन्द कल्चरल सेन्टरले ललितपुरमा कथककली नाच प्रस्तुत गरेको छ । 

एन रमनकुट्टीको नेतृत्वको समूहले उक्त नाच प्रस्तुत गरेको हो । कार्यक्रममा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकारशमान सिंह, परराष्ट्र मन्त्री डा आरजू राणा देउवा, उर्जा मन्त्री दिपक खड्का, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतको उपस्थिति थियो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सबैलाई स्वागत गरेका थिए ।

यसअघि काठमाडौँस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता दिवस मनाइएको थियो । राजदूत श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरे । उनले छ करोड ४० लाखको एजीआइएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरेका थिए ।

दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा रहेका ३९ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ । यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने विश्वास गरिएको छ ।

कार्यक्रममा नेपालमा रहेका भारतीय समुदायका सदस्यका साथै दूतावासका अधिकारीहरू र उनीहरूका परिवारले उत्साहजनक सहभागिता रहेको थियो ।

kathakkali-dance-india-independence-day (1).jpeg
kathakkali-dance-india-independence-day (2).jpeg
kathakkali-dance-india-independence-day (3).jpeg
kathakkali-dance-india-independence-day (4).jpeg
kathakkali-dance-india-independence-day (5).jpeg
kathakkali-dance-india-independence-day (6).jpeg
kathakkali-dance-india-independence-day (7).jpeg
kathakkali-dance-india-independence-day (8).jpeg
kathakkali-dance-india-independence-day (9).jpeg
kathakkali-dance-india-independence-day (10).jpeg
kathakkali-dance-india-independence-day (11).jpeg
kathakkali-dance-india-independence-day (12).jpeg
kathakkali-dance-india-independence-day (13).jpeg
kathakkali-dance-india-independence-day (14).jpeg
kathakkali-dance-india-independence-day (15).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ