arrow

परराष्ट्रमन्त्री देउवाद्वारा भारतको स्वतन्त्रता दिवसको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
arzu-jayshankar-81-11-4.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । 

सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा एस जयशङ्करलाई उल्लेख गर्दै उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्व दिएको बताएकी छिन् । 

“भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्”, परराष्ट्र मन्त्रीले एक्समा लेखेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ